निर्वाचन आयोगले प्रचण्डसँग माग्यो १० करोडको हिसाव

३१ साउन, काठमाण्डौ ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालिका चुनावमा भएको खर्चबारे सूचना उपलब्ध गराइदिन पत्राचार गरेको छ । प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिए पछि त्यसबारे जानकारी गराउन भनिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुशार ‘उहाँले चुनावमा सीमाभन्दा धेरै खर्च गरेको अभिव्यक्ति दिएपछि त्यसबारे सूचना उपलब्ध गराइ सहयोग गरिदिन आयोगले पत्राचार गरेको हो’ । आयोगले केही दिनअघि प्रचण्डलाई पत्र काटेको थियो । चुनावमा खर्च गर्न पाउने सीमा तय भएकाले त्यसभन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने आयोगले जनाएको छ ।

प्रचण्डले गएको ९ गते कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको बताएका थिए । निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवारले बढीमा साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको थियो । महानगर मेयर उपमेयरले बढीमा ७ लाख ५० हजार, उपमहानगर मेयर उपमेयरले बढीमा ५ लाख ५० हजार, नगरपालिकाका मेयर उपमेयरले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ चुनावको प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।

यसअघि स्थानीय तहको निर्वाचनका समयमा नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले समेत चुनावमा करोडौं रुपैयाँ खर्च गरेको भन्ने अभिब्यक्ति दिएपछि आयोगले कोइरालासँग पनि जवाफ माग गरेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top