बञ्चरेडाँडामा विहानैदेखि तनाव, फोहोर रोकियो

३० साउन ७९, मंगलबार

३१ साउन, काठमाण्डौ ।

बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् । उनीहरुले महानगर स्थानीयको माग प्रति गैर–जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् ।

माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न र दमन रोक्न माग गरेका छन् । उनले माग पुरा नभए स्थिति मुठभेडतर्फ जाने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंबाट गएका कुनैपनि गाडीले फोहोर फाल्न सकेका छैनन् । अहिले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाको क्षेत्रमा सडकमा युवाहरु जम्मा भएका छन् भने डाँडा–डाँडामा महिला र वृद्धवृद्धाहरु गएर बसेका छन् ।

काठमाडौं महानगरपालिकाले हिजो सोमबार बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको थियो । २ सय ५० भन्दा धेरै प्रहरी परिचलान गरेर २ सय ३ गाडी फोहोर विसर्जन भएको थियो । काठमाडौं महानगरपालिका अनुसार ककनी गाउँपालिकाको कागते गाउँभन्दा माथि फोहोर बोकेर गएका गाडीहरु लाइन लगाएर राखिएको छ । काठमाडौं परिसर, नुवाकोट र धादिङबाट प्रहरी आएपछि मात्रै महानगरको फोहोरको गाडी एकैचोटी बञ्चरेडाँडा लैजाने तयारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

महानगरले आज २ सय ५० गाडी फोहोर लोड गरेको छ । जुन गाडीहरु कागतेसम्म पुग्दैछन् । जिल्ला नुवाकोटका अनुसार ४०–५० जना प्रहरी बञ्चरेडाँडामै रहेका छन् । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले आवश्यक परे मात्रै ब्याकअप फोर्स खटाउने तयारी भएको बताएका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले फोहोरको राजनीति गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल नबनाउन आग्रह गरेका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर साहले फोहोर व्यवस्थापनका लागि एक वर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्ने बताउँदै त्यतिन्जेल सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘काठमाडौंका मेयर बालेन साह केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ।फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो।त्यसवारे उहाँले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ।त्यतिञ्जेल विगतमा झै सबैले हरसंभव सहयोग गर्नुपर्छ।फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’ हिजो मेयर साहले पनि फोहोरमा फोहोरी राजनीति नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top