Nepal Times
Nepal Times
3
Shares

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दल दर्ता सुरु

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दल दर्ता सुरु

२२ साउन, काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि राजनीतिक दल दर्ता सुरु भएको छ ।

अहिलेसम्म चार/पाँच दलले आयोगमा आफ्नो दल दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आउँदो ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न पाइन्छ । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर ४ गते हुँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.