अमेरिकाले बम खसालेको स्थान हिरोसिमा पुगे प्रचण्ड

२२ साउन, काठमाण्डौ ।
जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोसिमा संग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने जापान भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले आणविक बम खसेको हिरोसिमा सहर स्थित संग्रहालयको अवलोकन गरेका हुन् ।

हिरोसिमामा सन् १९४५ अगस्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट जाँदै गर्दा अमेरिकी बमवर्षक विमानले आकाशबाट ‘लिटिल बोय’ खसालेको थियो । जस कारण क्षणभरमै हिरोसिमा खण्डहर बन्न पुगेको थियो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकिरण फैलियो ।

लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भएको थियो । हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगस्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालिएको थियो ।

त्यहाँ पनि लाखौँको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । अहिले हिरोसिमामा संग्रहालय निर्माण गरिएको छ । प्रचण्डले सोही संग्रहालयको भ्रमण गरेका हुन् ।

त्यो संग्राहलायलाई अमेरिकाको जापानमाथिको आततायी घटनाको स्मरण दिलाउने स्थानका रुपमा जापानी नागरिक माझ चर्चित छ । जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड अहिले जापान पुगेलगत्तै सोही स्रंग्राहलयको अवलोकनमा पुगेका हुन् । प्रचण्ड जापान भ्रमण पुरा गरेर यही साउन २५ गते स्वदेश फर्कने कार्यक्रमम छ । उनका जापान भ्रमणका उच्च राजनीतिक भेटवार्ताका विषयमा भने केही पनि खुलाइएको छैन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top