सिके राउतले पनि चुनावमा गठबन्धन गर्ने ?किन गरे उपेन्द्र र महन्थसँग भेट ?

२२ साउन , काठमाण्डौ ।

सरकारले आगामी मंसिर ४ गते हुने गरी चुनावको मिति घोषणा गरेपछि  राजनीतिक दलहरु आआफ्नो रणनीति बनाउन जुटेका  छन् ।सत्तारुढ पाँच दलले अबको चुनावमा पनि तालमेल गरेर जाने औपचारिक निर्णय गरिसकेका छन् भने  अन्य दलहरुले पनि चुनावी रणनीति बनाउन सुरु गरेका छन् ।आगामी चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा उठ्ने घोषणा गरेका  जनमत पार्टीका अध्यक्ष डा‍‍. सीके राउतले    प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहकार्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसमक्ष प्रस्ताव राखेका छन् ।

आगामी निर्वाचनमा कसरी सहकार्य गरेर अगाडि बढ्ने भन्नेबारे ठाकुर र यादवसँग छलफल गरेको आइतबार राउतको सचिवालयले जानकारी दिएको छ । सामाजिक सञ्जालमार्फत ठाकुर र यादवसँग केही दिन पहिले राउतले भेट गरेर उक्त प्रस्ताव राखेको भनिएको छ । ’आगामी निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चर्चा पनि भएको हो । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि विभिन्न चरणको संवाद जारी छ ।

एकातिर ५–७ ठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ । त्यसैले जिल्ला÷निर्वाचन क्षेत्रअनुसार समझदारी र सहकार्य हुनसक्ने सम्भावना पनि छ,’ राउतले ठाकुर र यादवसँगको छलफलबारे उल्लेख गरिएको छ । उपेन्द्र यादवको क्षेत्रमा राउतले दाबी गरेपछि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा हुन लागेको थियो । सो विषयलाई लिएर पनि राउतले सचिवालयमार्फत प्रतिक्रिया दिएका हुन् ।

’जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र बदल्दै आउनुभएको छ । उहाँ पहिला मोरङ, पछि सुनसरी, त्यसपछि सप्तरी आउनुभएको हो र यसपालि सप्तरीबाट लड्नुहुन्न भनेर चर्चा हुँदै आएको छ,’ राउतको सचिवालयले भनेको छ, ’जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि केही दिन अगाडि डा. राउतको निकै सकारात्मक भेटघाट भएको हो । उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं ।’ राजनीतिमा कामअनुसार समर्थन, विरोध र सकहकार्य अपरिहार्य भएको भन्दै सप्तरी २ बाट राउत उम्मेदवार बन्ने कुरालाई यादवको विरुद्ध भएको भनेर चर्चा गरिनु उपयुक्त नभएको राउतको सचिवालयको भनाइ छ ।

राउतले चुनाव लड्ने भनको सप्तरी २ जसपा अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्र हो । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा यादवले यहाँबाट चुनाव जितेका थिए । तर गत स्थानीय निर्वाचनमा भने जनमत पार्टीले उक्त क्षेत्रमा सम्मानजनक मत ल्याएको छ । केही वडाहरू पनि जनमत पार्टीले जितेको छ । जसपाले उक्त क्षेत्रमा हार व्यहोर्नु परेको छ । त्यसैले जनमत पनि बलियो रहेको र आफ्नो जन्मस्थान र घर पनि सोही क्षेत्रको महादेवा गाउँ रहेकाले राउत उक्त क्षेत्रबाट निर्वाचनमा उठ्ने भएका हुन् ।   डा. सिके राउत जनमत पार्टीलाई तराई मधेशको बैकल्पिक शक्तिको रुपमा दावी गर्ने गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top