सामाजिक संजालबाट निर्वाचन आयोग हैरान

५ भदौ , काठमाण्डौ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएको बताएका छन् । आज ललितपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समय अपुग भएको बताएका हुन् । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ ।

Advertisement

आयोगले बारम्बार सरकारलाई छिटो मिति घोषणा गर्न अनुरोध गरे पनि सरकारले गत साउन ५ गते निर्वाचनको मिति तय गरेको थियो । थपलियाले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको बताए ।

थपलियालले सरकारसँग सुरक्षाको प्रत्याभूति खोजेको पनि बताए । ‘सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भने ग्राहय हुँदैन, उनले भनेका छन्, त्यसको प्रत्याभूति हामीले खाजेका छौं,’ । उनले निर्वाचन बिथोल्नेलाई ठाउँका ठाउँ कारवाही गर्न नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको समेत बताए ।

Advertisement

‘एक ठाउँमा पनि दोस्रो पटक निर्वाचन गर्नुपर्ने अवस्था नआओस्,’ उनले भने । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा केही स्थानहरुमा निर्वाचन बिथोलिएको थियो । मतदान केन्द्रहरुमा हिंसात्मक झडप हुँदा फेरि निर्वाचन प्रक्रिया सुरु गर्नुपरेको थियो ।

थपलियालले यही घटनाप्रति इंगित गर्दै सुरक्षाको प्रत्याभूति मागेका हुन् । यस्तै थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका हुन्।

Advertisement

थपलियाले यसअघि पालिका चुनावमा केही पत्रकारले नै आचारसंहिता उल्लङ्घन गरेको देखिएकाले यसमा सचेत हुन पनि आग्रह गरेका छन् । कार्यक्रममा थपलियाले चुनावमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए । सामाजिक सञ्जालको प्रयोगलाई रोक्न नसकिए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्ने उनको भनाई छ ।

उनले टिप्पणी गरेका छन् ‘चुनावमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ’ । यस्तै प्रमुख निर्वाचन आयुक्तले खर्चका कारण निर्वाचनमा प्रतिस्पर्धा नै गर्न नसकिने स्थिति उत्पन्न भएको सांसदहरूले भन्ने गरेको आफूले सुनेको भन्दै लोकतन्त्रका लागि यो पाच्य नभएको टिप्पणी गरेका छन् । उनले ‘दलहरूले प्रयोग गर्दै आएको चिह्न चिनाउन छुट्टै पैसा चाहिन्छ र ?’ भनी प्रश्न समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top