रियलका हिरो बने लुका मोड्रिक

५ भदौ , एजेन्सी ।

लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । खेलको १४ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरी रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

२३ औँ मिनेटमा लागो आसपासले पेनाल्टीमार्फत् गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले ४१ औँ मिनेटमा डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे । यसपछि भिनिसिअस जुनिअरले ५६ औँ मिनेटमा तेस्रो र फेडेरिको भाल्भार्डेले ६६ औँ मिनेटमा चौथो गोल गरे ।

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो । तर इडेन हजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके । यस जितसँगै रियल २ खेलमा ६ अंक जोडी ला लिगाको शीर्ष स्थानमा छ । समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ । पराजित सेल्टा भिगो १४ औँ स्थानमा छ । यस खेलमा ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा जाने भएपछि उनलाई टोलीमा समेटिएको थिएन ।

सेल्टाविरुद्ध प्रशिक्षक कार्लाे एन्सेलोटीले फान्सेली युवा मिडफिल्डर ओरेलिएन चुआमेनीलाई मौका दिएका थिए । यस्तै शनिबार भएको अन्य खेलमा क्याडिजलाई ओसासुनाले (२–०) ले हराएको छ । यस्तै रियल बेटिसले मलोर्कालाई २–१ ले पराजित गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top