६३ दलले बुझाए बन्दसूची, देउवाले रातभर कुराए

१५ पुस , काठमाण्डौ ।

निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।

Advertisement

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ । अब निर्वाचन आयोगमा बन्दसूची बुझाउन नेपाली कांग्रेस मात्रै छ ।

कांग्रेसले बन्दसूची बुझाएपछि बन्दसूची बुझाउने दलको संख्या ६४ पुग्नेछ । सभापति शेरबाहदुर देउवाको हस्ताक्षर गराउन महाराजगन्ज गएका कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचारविभाग प्रमुख मीन विश्वकर्मा विहानसम्म आयोग नफर्किएपछि आयोग कांग्रेसको बन्दसूची कुरेर बसेको थियो ।

Advertisement

समानुपातिकतर्फ ६४ दलले उमेदवारी दिए पनि यी दलले ५८ वटा चुनाव चिह्न पाएका छन् । केही दल संयुक्त चुनाव चिह्नबाट निर्वाचन लड्ने भएका छन् । नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो पार्टीका तर्फबाट समानुपातिक उमेरदवारको बन्दसूची बुझाउन ढिलो गरेको छ ।

मंगलबार बिहान ६ बजेसम्म पनि कांग्रेसले बन्दसूची बुझाउन सकेन । सभापति शेरबहादुर देउवाको हस्ताक्षरका कारण कांग्रेसले बन्दसूची बुझाउन ढिलो गरेको छ । नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि समानुपातिक बन्दसूचीको नाम टुंगो लगाएको थियो ।

मंगलबार बिहानसम्म पनि उमेदवारको विषयमा कुरा नमिलेपछि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार लिस्ट बोकेर बिहान ४ बजे निर्वाचन आयोग पुगेका थिए । आयोगमा पुगेको लिस्टमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर थिएन ।

त्यसैले हस्ताक्षर गराउने भन्दै मुख्यसचिव कृष्ण पौडेल र मीन विश्वकर्मा देउवानिवास महाराजगन्ज गएका थिए । नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा राखेको छ ।

पार्टी पदाधिकारीबाट आङ्देम्बे मात्रै समानुपातिक सूचीमा छन् । आङ्देम्बेले २०७० सालमा संविधानसभा सदस्य जितेका थिए भने ०७४ र ०७९ मा चुनाव हारेका थिए । त्यस्तै, कांग्रेसले अर्जुननरसिंह केसीको नाम समानुपातिक बन्दसूचीको दोस्रो नम्बरमा राखेको छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाउन तयार पारेको सूचीमा केसीको नाम समावेश गरेको जनाइएको छ । कांग्रेस नेताहरूका अनुसार, केसीका नाम समानुपातिकमा राख्ने कि नराख्ने भन्नेमा विवाद भएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति कांग्रेसले मध्यरातसम्म छलफल गरेर समानुपातिक उमेदवार टुंगो लगाएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top