×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

१५ पुष २०८२

१५ पुष , काठमाण्डौ ।

आगामी निर्वाचन पूर्व नै भावी प्रधानमन्त्रीका लागि सहमति जुटाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अन्तराष्ट्रिय संचारमाध्यामको हेडलाइन बनेका छन् ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा सामेल भएको उल्लेख गर्दै प्राथमिताका साथ समाचार प्रकाशन गरेको छ । फागुन २१ गते देशमा निर्वाचन तय भएको छ ।

त्यसअघि बालेन रास्वपामा जान सहमत भएसँगै उक्त पार्टीले बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ। तीन दशकदेखि नेपालको सत्तामा हालीमुहाली गर्दै आएका पुराना दलहरूलाई चुनौती दिन मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गठबन्धन गर्ने निर्णय गरेका हुन्।

रोयटर्सले रास्वपा र बालेन शाहबिच भएको सहमति अनुसार यदि चुनावमा रास्वपाले जित हासिल गरेमा ३५ वर्षीय बालेन शाह देशको प्रधानमन्त्री बन्ने उल्लेख गरेको छ। रवि लामिछाने भने पार्टी सभापतिकै भूमिकामा रहनेछन्।

पूर्व टेलिभिजन प्रस्तोता लामिछाने र ¥यापरबाट राजनीतिमा आएका शाहको यो सहकार्यलाई नेपाली राजनीतिको रणनीतिक मोड मानिएको समाचारमा उल्लेख छ । यो गठबन्धन गत सेप्टेम्बरमा भएको युवाहरूको ठूलो प्रदर्शनको जगमा बनेको हो।

भ्रष्टाचार विरुद्ध भएको उक्त आन्दोलनमा ७७ जनाले ज्यान गुमाएका थिए, जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो। बालेन शाह उक्त आन्दोलनका अघोषित नेता भएको पनि समाचारमा दाबी गरिएको छ।

उनकै सहयोगमा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। विश्लेषक विपिन अधिकारीले रोयटर्ससँग भनेका छन्, ’बालेन र उनका युवा समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउनु रास्वपाको निकै स्मार्ट कदम हो। पुराना दलहरू आफ्ना युवा मतदाता गुम्ने डरले अहिले चिन्तित देखिन्छन्।’

सोमबार मात्रै कुलमान घिसिङ संरक्षक उज्यालो नेपाल पार्टीसमेत रास्वपामा समाहित हुने सहमति भएको छ । यो सहमतिसँगै रास्वपा वैकल्पिक राजनीतिक शक्तिको बलियो धार बनेको छ ।

यसैबीच बालेनले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । रास्वपा, उज्यालो नेपाल पार्टी र आफूबिच एकता गराउन पहल गर्दै आएका गुरुङसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै बालेनले मंगलबार गुरुङको भूमिकामा बालेनको प्रशंसा गरेका हुन् ।

बालेनले आफ्नो फेसबुक पोस्टमा देश निर्माणको सवालमा सबैले कुरा गर्ने तर वास्तवमा प्रयास गर्ने व्यक्ति नै महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले सुदन गुरुङले निर्वाह गरेको भूमिकालाई ऐतिहासिक भन्दै लेखेका छन्, ‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर।’

सोमबार मात्रै रास्वपा, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका थिए । उनले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूबिच संवाद र सहकार्यको वातावरण बनाउन सक्रिय भूमिका खेल्दै आएका थिए ।

सोमबार अपराह्न बौद्धको अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । उक्त बैठकमा पार्टीको संरक्षक समेत रहेका कुलमान घिसिङ समेत सहभागी थिए । त्यसैबेला सुदन गुरुङ होटलमा पुगे ।

उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै छलफलमा जान आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए कुलमान । तर, सुदनले छाडेनन् । उनलाई हात समातेर लगेपछि कुलमान केन्द्रीय समितिबाट बाहिरिएका थिए ।

सुदनले नै कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र घिसिङबिच अन्तिम वार्ता गराएका थिए । उक्त वार्ता नै निर्णायक बनेको थियो । जहाँ कुलमान २० समानुपातिक वरिष्ठ उपसभापति र महामन्त्रीसहित रास्वपामा समाहित हुने सहमति भएको छ ।

रास्वपा र उज्यालोबीचको सहमतिमा बालेन साक्षी बनेका थिए । केही दिनभित्रका शृङ्खलाबद्ध बैठकपछि अन्ततः रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ मिल्न पुगेका छन् ।

निरन्तरको संवादपछि आइतबार झिसमिसेमै रवि र बालेनले साबुँदे सहमति गरेका थिए । रवि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति बन्ने र बालेन २१ फागुनको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने समझदारी भयो ।

एक दिनअघिको समझदारीमा कुलमान छुटेका थिए । बालेनले लामो समय वार्तामा सहभागी गराए पनि उनी छुट्नुलाई अनौठो मानिएको थियो । अन्तत कुलमानपनि बलियो शक्ति बन्दै रास्वपामा भित्रिएका छन् ।

भर्खरै जन्मिएको उज्यालो ३० प्रतिशत भाग पाएको छ। रास्वपामा समाहित हुने, झण्डा, चुनाव चिह्न घण्टी रास्वपाको हुने गरी सहमति गरिएको छ । सहमतिमा रवि लामिछाने र कुलमानको उज्यालो नेपाल पार्टीको तर्फबाट अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

सुधन गुरुङसम्मले अग्रसरता लिएको यो वार्ताको निष्कर्षमा साक्षी भने बालेनलाई राखिएको छ । अनि बालेनले उनलाई रविपछिको वरीयतामा रहने गरी उपसभापति पक्का गरिदिएका छन् ।

Advertisement

जहाँ वर्षाै राजनीति गरेका डोलप्रसाद (डीपी) अर्याल र स्वर्णिम वाग्ले उनीभन्दा पछाडि छन् । अब रविको अनुपस्थितीमा रास्वपा कुलमानले हाक्ने छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top