×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

रास्वपामा सबैभन्दा लोकप्रिय रमेश प्रसाईँ,कसले कति मत ल्याए ?

१४ पुष २०८२

१४ पुस , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवार छनोटका लागि गरेको अन्तरिक प्रिइलेक्सनको नतिजा सार्वजनिक भएको छ । निर्वाचन परिणाम अनुशार चर्चित ब्यक्तिहरु नै निर्वाचित भएका छन् ।

Advertisement
Advertisement

सार्वजनिक नतिजा अनुसार रमेश प्रसाईं सर्वाधिक लोकप्रिय देखिएका छन् । उनी १८ हजार २२३ मत प्राप्त गर्दै पहिलो नम्बरमा निर्वाचित भएका छन् ।यस्तै प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गर्दै दोस्रोमा निर्वाचित भएका छन् भने रञ्जु दर्शना १३ हजार ५५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहदै निर्वाचित भएकी छन् ।

यस्तै ज्वाला संग्रौला १३ हजार १०६सहित चौथोमा, लिमा अधिकारी १२ हजार ७६०मतसहित पाँचौँमा, समीक्षा बास्कोटा १२ हजार ४६० छैटौँमा, विपिनकुमार आचार्य १२ हजार २४५ सातौँमा, क्रान्ति शिखा धिताल ११ हजार ७८१ मतसहित आठौँमा र नवौँमा प्रतिभा रावल ११ हजार ७२१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

यस्तै आदिवासी जनजातितर्फ १६ हजार १२ मत प्राप्त गर्दै उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा, १४ हजार २०१ मत प्राप्त गर्दै गायिका सत्इकला राई दोस्रो नम्बरमा, १३ हजार ७३ मत प्राप्त गर्दै टासी लाजोम तेस्रो नम्बरमा र १३ हजार ५९ मत प्राप्त गर्दै मिलन लिम्बु दोस्रो नम्बरमा निर्वाचित भएका छन् ।

यस्तै दलिततर्फ १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा विजय जैरु, १० हजार ७३ मत प्राप्त गर्दै अमृता विक दोस्रोमा, १२ हजार ८५६ मत प्राप्त गर्दै सविना विश्वकर्मा तेस्रोमा, १२ हजार ७१० मत प्राप्त गर्दै स्मृति सेन्चुरी चौथोमा र १२ हजार २८५ मत प्राप्त गर्दै अविता नेपाली पाँचौँमा निर्वाचित भएका छन् ।

यस्तै सिता विश्वकर्मा ११ हजार २१५ मत प्राप्त गर्दै छैटौँमा, ११ हजार १५५ मत प्राप्त गर्दै डा. रुपक विश्वकर्मा सातौँमा, ९ हजार ८३५ मत प्राप्त गर्दै खिमा बिक आठौँमा र ९ हजार ७१९ मत प्राप्त गर्दै चन्द्रकला बिक नवौँमा निर्वाचित भएका छन् ।

मधेशीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा, डा. अंकिता ठाकुर १२ हजार ३२२ मत प्राप्त गर्दै दोस्रोमा, ११ हजार ६३० मत प्राप्त गर्दै ममता शर्मा तेस्रोमा निर्वाचित भएका छन् ।

यस्तै थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा र १३ हजार ६१३ मत प्राप्त गर्दै चुमन चौधरी दोस्रोमा निर्वाचित भएका छन् भने तेस्रोमा १३ हजार ५३५ मत प्राप्त गर्दै पुष्पाकुमारी चौधरी तेस्रो नम्बरमा निर्वाचित भएकी छन् ।

मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मिया पहिलो नम्बरमा, १५ हजार १५७ मत प्राप्त गर्दै अख्तर हुसैन दोस्रो नम्बरमा र १४ हजार ४६३ मत प्राप्त गर्दै मोहम्मद हसरत अली तेस्रो नम्बरमा निर्वाचित भएका छन् ।

११० सिटमा रास्वपाको समानुपातिक सूचीमा बालेन्द्र शाहको टिमबाट ४० जना उम्मेदवार समेटिने तयारी छ । रास्वपाका नेताले बताएअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।

रास्वपाले समानुपातिक उम्मेदवार छान्ने मतदानका लागि ३६ घण्टा समय दिइएकोमा प्राविधिक समस्यापछि त्यसलाई बढाएर आज विहान १० बजेसम्मका लागि थप गरिएको थियो । रास्वपामा ४ सयभन्दा बढी आकांक्षीहरू मतदान प्रक्रियामा रहेका थिए ।

११० जनामा ५७ जना महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था छ। रास्वपामा चर्चित अनुहारहरु समानुपातिकको उम्मेदवारको सूचीका लागि निर्वाचित भएका छन् । उनीहरुलाई ३ लाख भन्दा बढी पार्टी सदस्यहरुले मतदानबाट निर्र्वाचित गरेका हुन् ।

Advertisement

फागुन २१ गतेको चुनाव आउन अब २ महिना ९ दिन बाँकी छ। राजनीतिक दलले उम्मेदवार चयन गरिसकेका छैनन्। प्रत्यक्षतर्फ माघ ६ गतेलाई उम्मेदवारी दर्ताको दिन तोकिएको छ। समानुपातिकतर्फ आज १४ गते ६ क्लस्टरमा ११० जना उम्मेदवारको सूची बुझाउनुपर्ने छ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top