×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

१४ पुष २०८२

१४ पुस , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेन–रुसबीचको शान्ति सम्झौताका विषयमा महत्त्वपूर्ण बैठक भएको छ ।

बैठकपछि दुवै शीर्ष नेताले संयुक्त बयान जारी गर्दै युक्रेन–रुस युद्ध र सम्भावित शान्ति सम्झौताबारे आ–आफ्ना भनाइ राखेका छन् । ट्रम्पले भने, “हाम्रो उत्कृष्ट बैठक भयो । हामीले धेरै विषयमा छलफल ग¥यौँ । जसरी तपाईंहरू जान्न चाहनुहुन्छ, मेरो राष्ट्रपति पुटिनसँग उत्कृष्ट फोन कल भयो । यो दुई घण्टाभन्दा लामो चलेको थियो । हामीले धेरै बुँदाहरूमा छलफल ग¥यौँ । मलाई लाग्छ, हामी धेरै नजिक आइरहेका छौँ, सायद धेरै नजिक । राष्ट्रपति र मैले युरोपेली नेताहरूसँग पनि कुरा गरेका छौँ । हामीले त्यो युद्ध समाप्त गर्न धेरै प्रगति गरेका छौँ, जुन सायद दोस्रो विश्वयुद्धपछि सबैभन्दा घातक युद्ध हो ।”

शान्ति प्रक्रियामा कति समय लाग्न सक्छ भन्ने विषयमा ट्रम्पले भने, “सबै ठिक भयो भने केही हप्तामा कुरा बन्न सक्छ । अवस्था खराब भयो भने यो हुने छैन, जुन अत्यन्त दुःखद हुनेछ ।” अझै नसुल्झिएका ‘सबैभन्दा कठिन मुद्दा’बारे गरिएको प्रश्नमा अमेरिकी राष्ट्रपतिले भने, “भूमि एक नसुल्झिएको मुद्दा हो । त्यो भूमिको केही भाग रुसले लिइसकेको छ । अहिले नै सम्झौता गर्न राम्रो हुन्छ ।”

ट्रम्पले डोनबासमा स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता अझै नभएको पनि बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि बैठकलाई अत्यन्त सकारात्मक भन्दै सबै महत्त्वपूर्ण मुद्दामा उपयोगी छलफल गरिएको बताए ।

जेलेन्स्कीले भने, “हामीले सबै विषयमा उत्कृष्ट छलफल ग¥यौँ र अमेरिकी तथा युक्रेनी टोलीहरूले हालका हप्ताहरूमा गरेको प्रगतिका सराहना गर्छौं । हामीले शान्ति ढाँचाका सबै पक्षमा छलफल ग¥यौँ । २० सूत्रीय शान्ति योजनामा ९० प्रतिशत सहमति बनेको छ । अमेरिका–युक्रेन सुरक्षा ग्यारेन्टीमा १०० प्रतिशत सहमति बनेको छ । र, अमेरिका–युरोप–युक्रेन सुरक्षा ग्यारेन्टीमा लगभग सहमति बन्दै छ ।”

उनले अगाडि भने, “सैन्य आयाममा १०० प्रतिशत सहमति बनेको छ । समृद्धि योजनालाई अन्तिम रूप दिइँदै छ र हामीले अगाडि बढ्ने कार्यक्रमबारे पनि छलफल गरेका छौँ । हामी सहमत भएका छौँ कि सुरक्षा ग्यारेन्टी स्थायी शान्ति प्राप्त गर्न प्रमुख माइलस्टोन हो र हाम्रा टोलीले सबै पक्षमा काम जारी राख्नेछन् । युक्रेन शान्तिका निम्ति तयार छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठकको सम्भावनाबारेको प्रश्नमा ट्रम्पले भने, “मलाई लाग्छ, यो हुनेछ निश्चित रूपमा, उपयुक्त समयमा । मेरो राष्ट्रपति पुटिनसँग धेरै रोचक भेट भएको छ । उनी यो बैठक चाहन्छन् । उनले मलाई दृढतापूर्वक भने । मलाई उनीहरूमाथि विश्वास छ । मैले राष्ट्रपति पुटिनसँग लगभग अढाई घण्टा फोनमा कुरा गरेको थिएँ । हामीले धेरै विषयमा छलफल ग¥यौँ ।”

ट्रम्पले थप भने, “रुस युक्रेनको सफलता चाहन्छ । सुन्दा अलिक अनौठो लाग्न सक्छ, तर मैले बुझेँ कि राष्ट्रपति पुटिन युक्रेनको सफलताप्रति धेरै उदार थिए, जसमा ऊर्जा, बिजुली र अरू विषय धेरै कम मूल्यमा उपलब्ध गराउनु समावेश थियो । त्यसैले आजको कुराकानीबाट धेरै राम्रा कुरा निस्किएका छन् ।”

जेलेन्स्कीले पनि आफ्नो देश र रुसबीच जारी युद्ध अन्त्यका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आइतबार फ्लोरिडामा भएको वार्तालाई ‘उत्कृष्ट’ र ‘सानदार’ भनेका छन्।

पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले युक्रेनको पुनर्निर्माणमा रुसको कुनै जिम्मेवारी हुनेछ कि छैन भनेर सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘रुसले मद्दत गर्नेछ। ऊ युक्रेन सफल होस् भन्ने चाहन्छ।’

उनले यस विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन धेरै उदार रहेको दाबी गरे । उनले भने, यसमा धेरै कम मूल्यमा ऊर्जा, बिजुली र अन्य सामान आपूर्ति“को विषय पनि छ।’

साथै ट्रम्पले यो पनि भने, ‘पुटिन किन युद्धविराममा सहमत भइरहेका छैनन् भने उनी लडाइँ रोकिएपछि फेरि सुरु नहोस् भन्ने चाहन्छन्।’ फ्लोरिडामा भएको यो भेटवार्ताले रुस–युक्रेन युद्ध अन्त्यको दिशामा महत्त्वपूर्ण प्रगति गरेको देखिएको छ ।

जनवरीमा ह्वाइट हाउसमा युक्रेनी र युरोपेली नेताहरूसँग फेरि छलफल हुने सम्भावना छ, जसले यो दशककै सबैभन्दा ठुलो सैन्य द्वन्द्वलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने अन्तिम प्रयास गर्नेछ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top