१० जेष्ठ, कास्की । पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ ।
एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गरेका हुन् ।
न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताएका छन् । यस वडामा एमालेका उम्मेदवार तीन मतले पराजित भएका थिए ।
एमालेका उम्मेदवार थापाले १ हजार ६ सय ४० र वडा अध्यक्षमा निर्वाचित कांग्रेसका शिव तिमिल्सिनाले १ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् ।