सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

१० जेष्ठ, काठमाडौँ । काठमाडौँ चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

Advertisement

आन्दोलित विद्यार्थीले प्रहरी वृत्त गौशालामा नाराबाजी गरिरहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न कजेल, विद्यार्थी र अभिभावकसँग छलफलको प्रयास भइरहेको जनाएको छ ।

केही दिनअघि सामाजिक सञ्जालमा एक युवतीले आफूलाई सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको भन्दै घटना सार्वजनिक गरेपछि अहिले यौन दुव्यर्वहारका अन्य घटना पनि सार्वजनिक भइरहेका छन् भने दुर्व्यवहार विरुद्ध बहस पनि सुरु भएको छ ।

Advertisement

विद्यार्थीको आन्दोलनका कारण अहिले गौशाला चाबहिल क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top