Nepal Times
Nepal Times
3
Shares

प्याराग्लाइडिङबाट खसेर स्याङ्जामा एक युवती घाइते

प्याराग्लाइडिङबाट खसेर स्याङ्जामा एक युवती घाइते

१३ जेठ, स्याङ्जा । प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा एक युवती घाइते भएकी छन् ।

शुक्रबार दिउसो १२ः५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

प्याराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगाइएको छ । स्वरेक मैदानमा नियमित रुपमा प्याराग्लाइडिङ उडाउने गरिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.