‘हराएको’ ९ मत खोज्दै पोखरा १८ का उम्मेदवारद्धारा अदालतमा मुद्दा दर्ता

१८ जेठ ७९, बिहीबार

१९ जेष्ठ ,कास्की ।पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन।

थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गराएका हून ।

उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन।

Advertisement

यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मत अन्तरले चुनाव जितेका थिए।

पाँच हजार आठ सय ४३ मतदाता रहेकामा चुनावमा चार हजार तीन सय ४८ मत खसेको थियो ।

Advertisement

गणनाका क्रममा चार हजार तीन सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै नौ मत गायब पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा फेरि गणनाको मागसहित निवेदन दिएका थिए ।

तर फेरि गणना हुन सकेन । हाररजित स्वाभाविक भएको भन्दै उहाँले सत्यरतथ्य छानबिन गरेर फेरि मतगणनाको माग गरेका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top