×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

नेपालले भारतमा निर्यात गर्न थाल्यो बिजूली

१९ जेष्ठ २०७९

१९ जेष्ठ ,काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग ९पिक डिमान्ड० एक हजार ६ सय ४३ मेगावाट छ ।

यो माग बेलुकी र बिहानको समयको हो ।दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ ।

Advertisement
Advertisement

त्यही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधवार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भएका छन् ।

गएको वर्षको कात्तिकदेखि पनि ती आयोजनाको बिजुली भारत निर्यात भएका थिए ।

नेपालका नदीहरूमा अहिले जलसतह उल्लेख्यरूपमा बढेको छ । समयमै वर्षा भएका कारण नदीमा जलसतह उल्लेख्यरूपमा बढेको हो ।

प्राधिकरणका अनुसार कुल २४ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको देवीघाट विद्युत् गृहको बिजुली हिजो बुधवार मध्यरात देखि भारतीय बजारमा निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ ।

केही दिनपछि थप बिजुलीसमेत भारत निर्यात हुनेछ ।

अहिले नेपालको कुल जडित क्षमता दुई हजार तीन सय मेगावाटको हाराहारीमा पुगेको छ । चालु आवको अन्त्यसम्म थप केही आयोजनाले बिजुली उत्पादन गर्न थाल्नेछन् ।

मागभन्दा बढी बिजुली उत्पादन भएपछि त्यसलाई खेर फाल्नुभन्दा निर्यात गर्नु उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटमा तय हुने ब्लकका आधारमा नेपालले बिजुली निर्यात एवम् बिक्रीका लागि राखेको छ । मागअनुसार प्रत्येक ब्लकको मूल्य पनि फरक–फरक हुन जान्छ ।

भारतमा अत्यधिक गर्मी बढेकाले पनि बिजुलीको माग धेरै छ । विवरणहरूमा जनाइएअनुसार अधिकतम प्रतियुनिट १२ भारु ९१९ रुपैयाँ २० पैसा० मा बिजुली खरिद बिक्री गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ ।

केही समय पहिले भारतको ऊर्जा एक्सचेन्ज बजारमा बिजुलीको मूल्य अत्यधिक मात्रामा वृद्धि भएपछि विद्युत् नियमन गर्ने संस्थाले प्रतियुनिट १२ भारुभन्दा माथि बिक्री गर्न नपाउने गरी हस्तक्षेप गरेको थियो ।

प्राधिकरणका अनुसार कालीगण्डकी एु जलविद्युत् आयोजनाको बिजुली पनि भारत निर्यातको तयारी भइरहेको छ । नेपालमा खेर जाने बिजुली भारत निर्यातका लागि उच्चस्तरीय सहमति भइसकेको छ ।

भारतीय बजारमा कुल तीन सय ६४ मेगावाट बिजुली निर्यातका लागि केही समय पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमणका क्रममा सहमति भएको थियो ।

सहमतिअनुसार दुई सय मेगावाट हाराहारीको बिजुली भने बढी मूल्यमा पनि बिक्री गर्न सकिने प्रावधान छ । बढी मूल्यमा बोलकबोल गर्नेलाई बिक्री गर्न सकिने गरी प्रावधान तय गरिएको छ । बाँकी बिजुली भने ऊर्जा एक्सचेन्ज बजारमा ब्लक निर्धारण गरेर बिक्री हुन्छ ।

रुस र युक्रेन युद्धका कारण त्यसको बाछिटा अन्तर्राष्ट्रिय कोइला बजारमा पर्दा गएको चैत र वैशाखमा नेपालको ऊर्जा क्षेत्रमासमेत नकारात्मक असर परेको थियो ।

प्राधिकरणले बढी मूल्य तिरेर बिजुली आयात गर्छु भन्दा पनि पाउने अवस्था थिएन । समयमा नै वर्षा हुँदा त्यतिखेर नेपालले भोगेको नकारात्मक असरको सम्बोधन हुने अवस्थामा प्राधिकरण पुगेको छ ।

भारतले नेपालका विभिन्न ६ आयोजनाको बिजुलीसमेत लैजान सहमति जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले उसका आफ्ना आयोजनाबाट १० हजार एक सय ३३ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीको आयोजनाबाट सात हजार चार सय ९५ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १२ हजार आठ सय ९९ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ ।

त्यस्तै भारतबाट तीन हजार तीन सय ५६ मेगावाट घण्टा आयात भइरहेको छ ।

यस्तै वर्षा वा पानीका कारण देशभर चार सय ३० मेगावाट घण्टा बिजुली अवरोध भइरहेको छ । प्राधिकरणको प्रणालीमा कुल ३४ हजार तीन सय १३ मेगावाट बराबरको ऊर्जा माग छ ।

Advertisement

प्राधिकरणको स्वामित्वको एक सय ४४ मेगावाटको कालीगण्डकी ुएु बाट एक सय ४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्सको ५२ दशमलव ४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कुल तीन सय २६ मेगावाट विद्युत निर्यातका लागि भारतले स्वीकृतिका लागि अनुमति दिएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top