×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

संघबाट पोखरालाई सबै भन्दा धेरै बजेट, विराटनगरलाई सबै भन्दा थोरै

१९ जेष्ठ २०७९

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ ।

आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर र ललितपुरको बजेट घटेको छ ।

Advertisement
Advertisement

सबैभन्दा धेरै बजेट पाएको पोखरा महानगरपालिकाले कुल २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ ।

पोखराले चालु आर्थिक वर्षमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बजेट पाएको थियो । पोखरालाई आगामी वर्ष समपूरक अनुदानमा ४ करोड विशेष अनुदानमा २ करोड ८० लाख रुपैयाँ दिइएको छ ।

१ अर्ब ८५ करोड ८० लाख सशर्त अनुदान पाएको पोखराले ६५ कारेड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ ।

संघीय सरकारबाट काठमाडौं महानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ ।

चालु आर्थिक वर्षमा काठमाडौं २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि काठमाडौंले समपूरक र विशेष अनुदानमा बजेट पाएको छैन ।

७५ अर्ब ४९ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको काठमाडौंलाई १ अर्ब २८ करोड ५० लाख ससर्त रुपैयाँ अनुदान पठाइएको छ ।

सरकारले भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको छ ।

चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । जुन अनुदान गत वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो ।

भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ ।

१ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।

वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४४ करोड ८६ लाख बजेट पाएको छ । चालु आवका लागि वीरगञ्जले १ अर्ब ४५ अर्ब ४० रुपैयाँ बजेट पाएको थियो ।

संघीय सरकारले आगामी वर्षका लागि वीरगञ्जलाई १० करोड रुपैयाँ समपूरक अनुदान र ६ करोड विशेष अनुदान दिएको छ ।

वीरगञ्जले ८० करोड ९८ लाख सशर्त र ४७ लाख ८८ हजार समानीकरण अनुदान पाएको छ ।

ललितपुर महानगरपालिकालाई आगामी वर्षका लागि कुल १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ ।

चालु आवका लागि ललितपुरले १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बजेट पाएको थियो ।

आगामी वर्षका लागि ३ करोड रुपैयाँ समपूरक अनुदान पाएको ललितपुरलाई विशेष अनुदान दिइएको छैन ।

ललितपुरले सशर्त अनुदानमा ६५ करोड ९४ लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदानमा ५२ करोड ९५ लाख रुपैयाँ पाएको छ ।

संघीय सरकारबाट विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ ।

चालु आवका लागि विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ पाएको थियो ।

आगामी वर्षका लागि समपूरक अनुदान नपाएको विराटनगरले ४ करोड रुपैयाँ विशेष अनुदान पाएको छ ।

यो महानगरले ७२ करोड १७ लाख रुपैयाँ सशर्त र ४५ लाख ६८ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।

कुन महानगरलाई कति बजेट 

Advertisement

पोखरा महानगरपालिका– २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ
काठमाडौं महानगरपालिका– २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ
भरतपुर महानगरपालिका– १ अर्ब ८० करोड २४ लाख रुपैयाँ
वीरगञ्ज महानगरपालिका– १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ
ललितपुर महानगरपालिका– १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ
विराटनगर महानगरपालिका–१ अर्ब २१ करोड ८५ लाख रुपैयाँ

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top