बञ्चरेडाँडामा फोहोर विसर्जनमा पुनः स्थानीयको अवरोध

२४ जेष्ठ, काठमाडौँ । काठमाडौँबाट फोहर बोकेर पुगेका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् ।

Advertisement

काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो ।

त्यही सहमति अनुसार बिहान फोहर लिएर गाडी गएका थिए । तर, स्थानीय बासिन्दाले आफूहरुसित सहमति नभएको भन्दै फोहर विसर्जनमा अवरोध गरेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ । उनीहरुले सरकार र जनप्रतिनिधिबीच भएको सहमति नमान्ने बताएका छन् ।

Advertisement

हिजो सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।

सहरी विकास मन्त्रालयमा हिजो काठमाण्डौ महानगरपालिका, सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको थियो ।

Advertisement

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन, अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभावित क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाण्डौ महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फोहरलाई आउने साउन एक गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top