कांग्रेसभित्र नयाँ अनुहारलाई मन्त्री बनाउन माग आइरहेको गगन थापाको भनाइ

२२ जेठ ७९, सोमबार

२२ जेष्ठ ,काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताए ।

Advertisement

आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए ।

पार्टीका तर्फबाट मन्त्रिपरिषदमा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने महामन्त्री थापाले बताए।

Advertisement

उनले भने, ‘नयाँ, अहिलेसम्म मन्त्री नहुनु भएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग छ । थोरै समय भएकोले गर्दा गर्ने कि नगर्ने भन्ने कुरा धेरै हदसम्म चाहिँ दलको नेता भएकोले गर्दा उहाँले के चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ ।’

मन्त्री बनेको खण्डमा भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीका लागि तयार गर्न सकिन्थ्यो भन्ने धेरै सांसदको माग रहेको महामन्त्री थापाले बताए ।

Advertisement

मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीमा निर्भर रहने भए पनि केही फेरबदल हुनुपर्नै उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top