२३ जेठ, कलैया । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव ९उपन यादव० आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका छन ।
जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए ।
दोश्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित मेयर यादवले आफनो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका लागि खर्च गर्ने बताएका छन् ।
मेयर यादवले नेपाली कांग्रेसबाट नै निर्वाचित उपमेयर तारादेवी कानुसहित वडाअध्यक्षहरुलाई समेत मासिक सेवा सुविधा नलिन आग्रह गरेका छन ।