अन्टार्कटिकाको हिउँमा प्लास्टिकको टुक्रा भेटियो

२५ जेठ ७९, बिहीबार

२६ जेष्ठ ,एजेन्सी । अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएका छन् ।

जमेको हिउँमा यसअघि नै प्लास्टिकका टुक्रा भेटिएको तर ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएको न्युजिल्यान्डका वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्टार्कटिकाका १९ वटा विभिन्न ठाउँबाट सङ्कलन गरेको ताजा हिउँ पगाल्दा प्रतिलिटर २९ वटासम्म पलास्टिकका साना टुक्रा फेला पारेका छन् ।

केही टुक्रा चामलको दाना जत्रा र केही नाङ्गो आँखाले देख्न नसकिने खालका रहेका छन् ।

हिउँमा १३ प्रकारका प्लास्टिक पाइएको र सबैभन्दा धेरै ७९ प्रतिशत खानेपानीको बोत्तल र कपडामा प्रयोग हुने प्लास्टिक रहेको खबरमा उल्लेख छ ।

गएको वर्ष नेशनल एकेडेमी अफ साइन्सको एउटा अध्ययनले विश्वभर माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका साना टुक्रा संसारभर फैलिइरहेको देखाएको थियो ।

धुलो, हावा र समुद्री छालको माध्यमबाट प्लास्टिक फैलिइरहेको अध्ययनमा उल्लेख छ ।

वैज्ञानिकहरूले यसअघि सगरमाथा र समुद्रको गहिराइमा पनि माइक्रोप्लास्टिक फेला पारिसकेका छन् ।

यसले वातावरण संरक्षणमा ठूलो चुनौती थपेको वैज्ञानिकहरूले जनाएका छन्

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top