प्रदेश १ को नाम बारे छलफल गर्न एमालेले समिति बनायो

२५ जेठ ७९, बिहीबार

२६ जेठ, विराटनगर । प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ ।

बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।

गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास मन्त्री हाल स्वास्थ्य मन्त्री जयराम यादवको नेतृत्वमा समिति गठन गरेका थिए ।

समितिले फागुन १० गते सर्वदलीय छलफल गरेयता थप छलफल गरेको छैन । एमालेले गठन गरेको समितिले नामका विषयमा दलभित्र र अन्य दलसँग छलफल गर्नेछ ।

पाँच सदयीय समितिको सदस्यमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र प्रदेश सांसद अर्जुन राई छन् ।

समितिले शुक्रबारबाट नै छलफल थाल्ने समिति सदस्य जीवन घिमिरेले बताए । ‘नामका विषयमा दल भित्र पनि एकमत छैन’, उनले भने, ‘दलमा छलफल गरेपछि अन्य दलसँग छलफल गर्छौं ।’
प्रदेश १ स्वास्थ्य मन्त्री जयराम यादवले एमालेले समिति बनाएपछि छलफल गर्न सहज हुने बताए ।

‘एमालेले पनि आज समिति बनाएको छ, हामी अब छलफल गर्छौं’, उनले भने, ‘बजेटपछि नामको विषयमा सदनमा छलफल गर्ने तयारी छ ।’

केही दिनअघि मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिक कार्यक्रममा ठूलो दल भएका कारण एमालेलाई नामका लागि छलफलको नेतृत्व लिन आग्रह गरेका थिए ।

९० जना सांसद रहेको प्रदेश १ मा एमाले ठूलो दल हो । एमालेले निष्क्रिय रहे प्रदेशको नाम राख्न बहुमत पुग्दैन ।

प्रदेश सभामा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् । एमाले र राप्रपाबाहेक अरु दल सरकारमा छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top