त्रिविमा लगाएको ताला नेविसंघले खोल्ने, भण्डाफोर कार्यक्रमको आयोजना

२७ जेष्ठ, काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ ।

Advertisement

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति विज्ञप्ती निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखेको छ ।

नेविसंघ अध्यक्ष शेर्पाले त्रिविभित्रका भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।

Advertisement

यही माग राख्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको उनले जानकारी दिए ।

आफूहरुले ताला लगाउनुको कारण र त्रिविमा भैरहेको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलाबद्ध प्रहारबारे दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top