×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

विश्वकप लिग टूः नेपाल ओमानसँग १३ रनले पराजित, भोलि अमेरिकासँग खेल्ने

२७ जेष्ठ २०७९

२७ जेष्ठ, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अघि नै १९८ रनमा अलआउट भयो ।

Advertisement
Advertisement

करण केसीको ५ विकेट र आसिफ शेखको अर्धशतकका बावजुत पनि नेपालले खेल जित्न सकेन । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६६ रन बनाए ।

यस्तै देब खनालले ३४, उपकप्तान रोहित पौडेलले २०, दीपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र यसै खेलबाट ओडीआईमा डेब्यु गरेका सुनिल धमलाले १२ रन जोडे । करण केसी ८, सुबास खकुरेल ३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।

ओमानका लागि कप्तान जिनस मक्सुद र खाँवर अलीले ३–३ तथा बिलाल खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मक्सुदको शतकमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

८६ रनमा ५ विकेट गुमाएरपछि मक्सुदले एक छेउबाट इनिङ्स सम्हाल्दै अन्तिमसम्म क्रिजमा टिकेर अविजित १०४ रन बनाए । १२६ बल खेलेका उनले १२ चौका प्रहार गरे ।

यस्तै खाँवर अलीले ३० र आयन खानले २७ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

कप्तान सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

Advertisement
Advertisement

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top