त्रिभुवन विमानस्थलमा नाक छोपेर हिँड्नु अवस्थाको अन्त्य भएको पर्यटनमन्त्रीको दाबी

३१ जेठ ७९, मंगलबार
Share this
717shares

३१ जेष्ठ ,काठमाण्डौ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताएका छन ।

Advertisement

काठमाण्डौ विमानस्थलमा कार्यरत निजी क्षेत्रका एक सय ५२ जना सरसफाइ कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रियस्तरको सफाइ तालिमको प्रमाणपत्र

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलमा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको अन्त्य भएको बताए ।

Advertisement

उनले भने, ‘हामीले एअरपोर्टमा पर्यटक आउँदा नाक छोप्नु पर्ने अवस्थाको अन्त्य गरेका छौँ, विमानस्थल सफा राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ, आफूले लिएको सरसफाइसम्बन्धी तालिमको भरपूर प्रयोग गर्नुस्, म सहयोग गर्न तयार छु ।’

विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीलाई बर्सेनि पुरस्कारको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिए ।

Advertisement

उनले सरसफाइको कुरामा कामदार मात्रै दोषी नहुने भएकाले सबै मिलेर काम गर्नुपर्ने बताए ।

यसैगरी मन्त्री आलेले आफूले दिएको निर्देशनअनुसार विमानस्थलमा विकासका कामहरू भएका र थुप्रै राम्रा कामहरू भएको दाबी गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top