एसियाड फुटबल : समुह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित

विराटनगर,भदौ ३
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा आईतबार सम्पन्न भएको खेलमा नेपाल पाकिस्तानसँग पनि पराजित भएको हो ।

नेपालले खेलको १२ औँ मिनेटमा पाकिस्तानका खेलाडी युनस साहबजको आत्मघाति गोलमा अग्रता बनाए पनि अन्तिममा लय गुमाउँदा २–१ ले पराजित हुन पुगेको हो । पछाडि परेको अवस्था उल्ट्उने क्रममा पाकिस्तानका लागि खेलको ५५ औँ मिनेटमा मुहम्मद बिलाल र ७२ औँ मिनेटमा सदम हुसैनले निर्णायक गोल गरे ।

योसँगै नेपालले आफ्नो समूहका सबै तीनै खेलमा पराजित हुँदै घरको यात्रा तय गरेको छ।यसअघि समूह चरणको पहिलो खेलमा बलियो टोली जापानलाई कडा टक्कर दिएको नेपालले १–० को हार भोगेको थियो । समूह चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भएको थियो ।

Advertisement

एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग रहेका थिए। पाकिस्तानले जित निकाले पनि यो समूहबाट शीर्ष दुई टोली जापान र भियतनाम अघिल्लो चरणमा पुगेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top