काठमाडौंमा हैजाका बिरामी फेला

१ असार ७९, बिहीबार

२ असार, काठमाडौं ।काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए ।

‘बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा खानेकुरा चटपटे खाएको उनीहरुले बताएका छन ’, गौतमले भने , ‘एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको छ ।’

गौतमका अनुसार हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ ।

बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।

हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ ।

काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् ।

टेकुमा मात्रै पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढी झाडापखलाको बिरामी आइरहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top