चितवनमा बाघलाई नियन्त्रणमा लिने सहमतिपछि शव उठाइयो

१ असार ७९, बिहीबार

२ असार, भरतपूर । बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि चितवनमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ।

Advertisement

प्रहरीले अहिले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगेको बताएको छ।

बाघले भरतपुर महानगरपालिका(२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो।

Advertisement

उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन् । साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए।

Advertisement

प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए।

उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान भन्दै विरोध गरेका थिए।

चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृत्यु भएको छ।

केही दिन अघिमात्रै बाघको आक्रमणबाट भरतपुर(२३ र राप्ती नगरपालिकामा १र१ जना घाइते भएका थिए।

यसैबीच, चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीमा चढेर बाघ खोज्न जाने तयारी गर्दैछ।

उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top