×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनेछैनः प्रधानसेनापति प्रभुराम शर्मा

३ असार, काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

अमेरिकासँग भएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको पनि जानकारी गराए ।

Advertisement
Advertisement

उनले २०७२ साल कात्तिक १० गते पत्र पठाएको जानकारी दिँदै त्यो पत्र मिलिटरी तालिमसँग सम्बन्धित नरहेको स्पष्ट पारे । अहिले नेपाली सेनाले लेखेको जुन पत्र सार्वजनिक भएको छ, यो सत्य भएको बताए ।

‘चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलायन्स लेखिएको छैन’ उनले भने । उनले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको पनि बताए ।

उनले भने, ‘कात्तिक १० गते २०७२ सालमा पत्र लेखिएको हो । यो मिलिटरी तालिमसँग सम्बन्धित छैन, त्यो भूकम्पको समय थियो, हामीले विपदमा काम गर्नु थियो त्यसकै लागि गरिएको हो, नेपालको परराष्ट्र नीतिको बर्खिलाप र सैन्य गठबन्धनमा जान रक्षा र परराष्ट्र मन्त्रीको स्वीकृतिमा पत्र लेखिएको थियो ।’

यस्तै, उनले सैन्य पार्टनरसिप गर्न नपरोस् भनेर विभिन्न काम अघि बढाइएको पनि बताए । यो पार्टनरसिप अन्तर्गत ४ वटा जहाज लिएको र २ वटा आइसकेको अरू प्रक्रियामा रहेको पनि उनले जानकारी गराए ।

Advertisement

एउटा एअर एम्बुलेन्स आउने तर यो कार्यक्रमबाट कुनै हतियार र पैसा नलिएको उनको भनाइ छ । अमेरिकाले प्रस्ताव गरेको भनिएको १० बुँदे सम्झौताबारे आफूहरुलाई थाहा नभएको र त्यो प्रस्ताव आएको नआएको पनि उनले बताए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top