×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसीसी महिला टी–२० च्याम्पियनसिपः भुटानलाई ५० रनले हराउँदै नेपालको विजयी सुरुवात

३ असार २०७९

३ असार, काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा केहीबेर अघि सकिएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट भयो । उसले ४४ रन मात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ जान्ग्मोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४ रन बनाइन् ।

Advertisement
Advertisement

नेपालकी सङ्गीता राईले ४ विकेट लिइन् भने कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सीता राना मगर र इन्दु बर्माले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन भने इन्दु बर्माले २० रन, कप्तान रुविना क्षेत्रीले २१ र डोली भट्टले ५ रन बनाए ।

यस्तै, सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ रन जोड्दा अश्मिना कर्माचार्य र ज्योति पाण्डे शून्य रनमा आउट भए । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १-१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग भोलि खेल्नेछ । यस्तै, सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्ने छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ’बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

Advertisement

यस्तै समूह ’ए’ मा मलेसिया, यूएई, ओमान, कतार र सिङ्गापुर छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top