Nepal Times
Nepal Times
3
Shares

नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय श्रृङ्खला खेल्ने

नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय श्रृङ्खला खेल्ने

३ असार, काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडासँग दुई खेलको टी–२० र दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्ने भएको छ ।

क्यानडाको भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग दुई खेलको टी–२० र दुई खेलको एक दिवसीय श्रृ्ङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

आउँदो १४ गते पहिलो टी–२० र १५ गते दोस्रो टी–२० हुनेछ । पहिलो एक दिवसीय भने २० गते र दोस्रो एक दिवसीय असार २१ गते हुने क्यानले जनाएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको स्कटल्यान्डमा हुने त्रिदेशीय श्रृङ्खला अघि नेपालले क्यानडाको भ्रमण गर्न लागेको हो । लिग–टुकै श्रृङ्खलाका लागि नेपाली टोली अहिले अमेरिकाको भ्रमणमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.