पाल्पा–बुटवल सडकखण्डमा तीन महिनासम्म टिपर सञ्चालनमा रोक

३ असार, पाल्पा । पाल्पा–बुटवल सडक खण्डमा तीन महिनासम्म टिपर सञ्चालन रोक लगाइएको छ।

Advertisement

सडक डिभिजन कार्यालय, पाल्पाले सूचना निकालेर भदौ मसान्तसम्म टिपर सञ्चालनमा रोक लगाएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकका विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ।

ठूला र भारवहन बढी रहेका गाडी सञ्चालन हुँदा कालोपत्रे सडकलाई असर गर्ने र सडक जीर्ण बन्ने भएकाले टिपर सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको छ ।

Advertisement

पाल्पा–बुटवल सडकमा पछिल्लो समय दैनिक ३ हजार ५ सयभन्दा बढी टिपर सञ्चालन हुँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top