Nepal Times
Nepal Times
126
Shares

हिमालयन रोडमा निःशुल्क वाइफाइ, वर्ल्डलिंकले दियो उपहार

हिमालयन रोडमा निःशुल्क वाइफाइ, वर्ल्डलिंकले दियो उपहार

५ जेष्ठ, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको  मुटुमा अवस्थित  हिमालयन रोडमा अब निशुल्क रुपमा वाइफाइ चलाउन सकिने भएको छ ।

महानगरपालिकाले  सौन्दर्यीकरण गरिरहेको  हिमालयन रोडलाई नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले free wifi zone बनाएको  हो ।

 अब त्यहा वर्ल्डलिंकका ग्राहकहरुले “myworldlink “ एसएसआइडिमा कनेक्ट गरेर अनलिमिटेड चलाउन सक्नेछन् भने अन्य प्रयोगकर्ता ले दैनिक  ५०० एमबी सम्म डाटा निःशुल्क मा चलाउन पाउने छन् ।

मोबाइल सेवा प्रदायकहरुले  अहिले ५०० एमबी डाटाको ५० रुपैयाको हाराहारीमा शुल्क तिर्दै आएका छन् ।

अब वर्ल्डलिंक वाइफाइ मोबिलिटीको सुविधा उपयोग गर्ने ग्राहकहरुले डाटामा गर्ने खर्च बचाउनुको साथै उच्च गतिको इन्टरनेट चलाउन सक्ने  वर्ल्डलिंकले जनाएको छ ।

वर्ल्डिड्लङ्कका ग्राहकहरुले “myworldlink “ वाइफाई हट्स्पट आफ्नो मोबाइल एप मार्फत युजर नेम र एकाउण्टको पासवर्ड  राखेर कनेक्ट गर्न सक्नेछन् भने अरु प्रयोगकर्ताले

Free _ Worldlink  _wifi   मा  मोबाइल नम्बर रजिस्टर गरेर कनेक्ट गर्न सक्नेछन् ।

वर्ल्डलिंकले  विराटनगरमा ३०० भन्दा बढी तथा  नेपालभर १४ हजार भन्दा ज्यादा स्थानमा निःशुल्क  हटस्पट मार्फत वाइफाइ सेवा दिदै आएको  दावी गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.