Nepal Times
Nepal Times
27
Shares

साताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

साताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

५ जेष्ठ ,काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ३७ दशमलव २७ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ११ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय २३ वटा कम्पनीको ३६ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो

आज रिभल फल्स पावर कम्पनीको शेयर साढे नौ अङ्कले र बलेफी हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.