Nepal Times
Nepal Times
27
Shares

हुम्लाका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण

हुम्लाका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण

५ जेष्ठ,हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको छ ।

नाम्खा गाउँपालिका–४ याल्वाङमा रहेको विद्यालयको छात्रावासमा बस्दै आएका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुसार सुरुमा एक विद्यार्थीमा देखिएको समस्या अरू विद्यार्थीमा सरेको छ ।

ती विद्यार्थीको अनुहार, शरीर र पाखुरामा फोका आएका छन् ।

उपचार र परीक्षणका लागि नमुना सङ्कलन गर्न स्वास्थ्यकर्मीको टोली खटिएको पनि उनले जानकारी दिए ।

परीक्षणपछि रोगबारेमा आधिकारिक पुष्टि हुनेछ । सङक्रमण देखिएका विद्यार्थीलाई आइसोलेशनमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.