मनोज पाण्डेलाई बाल यौन दुर्व्यवहारमा पुर्पक्षको लागि थुनामा पठाउन आदेश

५ असार ७९, सोमबार

६ असार,काठमाडौं । काठमाडौं जिल्ला अदालतले मनोजकुमार जैसी भन्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

Advertisement

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।

न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले बताए।

Advertisement

यस्तै बाल यौन दुर्व्यवहारको मुद्दामा भने उनीसँग एक लाख धरौटी माग गरिएको दाहालले बताए।उनलाई डिल्लीबजार कारागार पठाउन आदेश भएको हो।

पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्।

Advertisement

मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न

लगाएको भन्दै सरकारी वकिलले मुद्दा दर्ता गरेको हो।प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो।

थप अनुसन्धानका लागि उनलाई जिल्ला परिसर काठमाडौं बुझाइएको थियो। परिसरले अनुसन्धान सकेर गत जेठ २७ गते आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्छ।

मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको हो।

मिस ग्लोबल प्रतियोगितामा आफू छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी थिइन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले भनेकी थिइन्।

उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच बजेबाट पार्टी सुरू हुन्छ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए।

त्यसपछि कोठामा लगेर बलात्कार गरेको उनले भनेकी थिइन्। घटनाबारे कसैलाई बताए फोटो र भिडिओ सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएको उनले बताएकी थिइन्।

पाण्डेलाई सरकारी वकिलले १० देखि १५ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top