Nepal Times
Nepal Times
3
Shares

अपरहणको नाटक गरी २० लाख फिरौती माग्‍ने युवा पक्राउ

अपरहणको नाटक गरी २० लाख फिरौती माग्‍ने युवा पक्राउ

७ असार, विराटनगर । प्रहरीले अपरहणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजगणढ ३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार उनले असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउँछु भनी डेराबाट हिडेको र पछि मोबाइल स्वीच अफगरी परिवारलाई फिरौत रकम माग्‍न अपरहणको नाटक गरेका थिए ।

उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिप्ससमेत पठाएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.