विराटनगर,भदौ ३
मुस्लिम समुुदायको विशेष चाड बकर इदको अवसरमा मोरङ्गको रतुवामाई नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरको आइतबार सम्पन्न दोस्रो नगरसभाको पहिलो बैठकले भदौ ६ गते बुधवारका दिन मुस्लिम समुदायको पर्वलाई लक्षित गरी नगर भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
विदाका दिन नगरभित्र रहेका सरकारी तथा गैरसरकारी संघ,सस्था बन्द रहने नगरपालिकाले जनाएको छ । साथै बैठकले अत्याधिक गर्मी बढेकाले भोलि देखी लागूहुने गरी २ दिने शैक्षिक संस्थामा समेत विदा दिने निर्णय गरेको छ ।
लगातार गर्मी बढेकाले स्कुले बालबालिकाहरु बढी प्रभावित भएकाले विदा दिइएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले बताए ।