अत्यधिक गर्मीका कारण विराटनगरमा सञ्चालित विद्यालयहरु २ दिन विदा हुने भएका छन ।
विराटनगर महानगरपालिकाले विराटनगर महानगरभित्र सञ्चालित सामूदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार छुट्टी दिने निर्णय गरेको हो ।
गर्मीका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि छुट्टी दिनु परेको महानगरले जनाएको छ । विराटनगरको तापक्रम शनिबार र आइतबार ४० डिग्री पुगेको छ ।