डडेल्धुराका कम्प्युटर अपरेटरमाथि कैलालीमा आक्रमण,भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला

१३ जेष्ठ,कैलाली । कैलालीका एक कम्प्युटर अपरेटर भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्।

डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्।

सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ।

Advertisement

भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार ४र५ जनाको समूहले उनीमा आक्रमण गरेका थिए।

उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए।

Advertisement

स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले बताए।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ।

तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

भण्डारीलाई उपचारका लागि धनगढी ल्याइन लागिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top