बजेटलाई लिएर मेरो राजीनामा माग गर्दैमा म राजीनामा दिन्नः अर्थमन्त्री

१२ असार ७९, सोमबार

१३ असार,काठमाण्डौ ।अर्थमन्त्री शर्माले जनता र देशको पक्षमा बजेट ल्याएको दाबी गरेका थिए।

‘जनताको पक्षमा, देशको पक्षमा बजेट ल्याएकोले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठेकोमा त्यही गर्नुपर्छ भन्ने होइन,’ उनले आज राष्ट्रिय सभामा भने, ‘सही वा गलत इतिहासले पुष्टि गर्छ। बजेटबारे यो सरकार र म जिम्मेवारी लिन तयार छु।’

बाहिरी मानिसले करका दर चलाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले आज पनि राष्ट्रिय सभामा अर्थमन्त्रीको राजीनामा मागेका थिए।

Advertisement

अर्थमन्त्री बोल्ने बेला एमाले सांसदहरूले बैठक बहिष्कार गरेका थिए।

अर्थमन्त्री शर्माले बजेटमा करको दर घटायो वा बढाउने अर्थमन्त्रीको जिम्मेवारीभित्रैको कुरा भएको बताएका थिए।

Advertisement

‘के अर्थमन्त्रीले बजेट नल्याएर अरू गर्नुपर्थ्यो त। यो अधिकार क्षेत्रभित्रको कुरा हो,’ शर्माले भने, ‘कथा बुनेर अर्कोतिर लग्नेभन्दा पनि बजेटमा लक्ष्य तोकिएको आँकडा छन्, कार्यान्वयनले जवाफ दिनेछ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top