×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

नेपाली नर्सको नियतीः स्वेदशमा अपमान, विदेशमा सम्मान

१४ असार २०७९

१४ असार,विराटनगर ।

विराटनगरकी स्वेता सिंह ५ महिनाअघि युके पुगिन् । युकेको जोन्सन केयर ग्रुपमार्फत उनी त्यहाँ पुगेकी हुन् ।

Advertisement
Advertisement

यो ग्रुपले नेपाली ६० जना नर्सहरुलाई वर्किङ भिसामा युके लैजाने भएको छ । पहिलो लटमा अन्य २५ जनासंगै सिंहपनि त्यहाँ पुगेकी हुन् ।

उनी अहिले त्यहाँ रेसिडेन्सियल केयर होममा सिनियर पोष्टमा काम गर्दैछिन् । महिनाको ५ लाखभन्दा माथि कमाउँछिन् । उनले काम गर्ने केयर होममा ४० जना ज्येष्ठ नागरिक छन् ।

जसको स्याहारसुसारका लागि स्टाफहरु खटाइएको छ, जसको इन्चार्ज हुन् स्वेता सिंह ।

यसबाहेक उनले त्यहाँ रहेका बृद्धबृद्धाहरुको काउन्सिलिङ गर्ने, उनीहरुको ओखतीमुलोको ख्याल राख्ने, आवश्यक पर्दा चिकित्सकहरुसंग परामर्श गर्ने र चिकित्सकहरुले दिएको प्रेस्किप्शन फलो भए नभएको हेर्ने नै हो ।

मुलुक छोडेर, परिवार छोडेर परदेशमा काम गर्न जानुपर्दा जो कोहीलाई पनि नराम्रो लाग्छ । त्यसमाथि स्वेता त १० वर्षमुनिका ३ छोराछोरी र श्रीमान् छोडेर विदेशिएकी हुन् ।

तर पनि स्वेता आफू सन्तुष्टै रहेको बताउँछिन् । उनी भन्छिन्, ‘यहाँ मेरो कामको सम्मान भएको छ । सेवासुविधा चित्तबुझ्दो छ ।’

‘अस्पताल, केयर होममा मात्रै होइन सामाजिकरुपमा नै नर्स पेशा सम्मानित छ । सबैले सम्मान र प्रशंसा गर्छन् । परिचय पत्र देखाउँदा मलहरुमा, रेष्टुरेन्टमा, सार्वजनिक गाडीहरु लगायतमा ससम्मान छुटको ब्यवस्था छ,’ निकै प्रशंन्न मुद्रामा उनले सुनाइन् ।

जागिर सुरु गर्नुअघि कम्पनीले नै तीन महिनाको निःशुल्क तालिम दिएको थियो । स्वेता भन्छिन्, ‘यहाँ काम गर्ने वातावरण एकदमै अनुकुल छ । ‘विना स्ट्रेस, आफुलाई खुसी पारेर काम गर्नु भनेर सिनियरहरुले अप्रिसिएट गर्छन् । स्वेता भन्छिन् उनीहरु नै ब्रेक लिनु, विदा लिनु भन्छन् ।

५ महिनादेखि युकेमा स्वेताले बटुलेका यि भोगाईहरु नेपालमा रहँदा भने ठीक उल्टो थियो । विराटनगरमा जन्मिएकी स्वेताको विद्यालय शिक्षा काठमाडौंमा पूरा भयो ।

उनका माइती हाल काठमाडौंमा छन्  तर विवाह पश्चात उनी पुनः विराटनगर आइन् । श्रीमानकै सुझावमा उनले नर्सिंग पढ्न थालिन् ।

विराट हेल्थ कलेजबाट सन् २०१० मा नै पिसिएल पास गरिन् । कोशी हेल्थ कलेजबाट ब्याचलर पास गरिन् । पिसिएल पास गर्नासाथ नै उनले विराटनगरको न्यूरो अस्पतालबाट काम पनि सुरु गरिन् ।

७ वर्षसम्म यहाँ काम गरिन् । काम गर्दै ब्याचलर पनि सकिन् । कोभिड संक्रमणको पहिलो लहर आउनु अघि उनले विराट अस्पतालमा ओटी इन्चार्ज भएर काम गरिन् । कोभिडकालमा भने उनले कोशी कोभिड अस्पतालमा पनि काम गरिन् ।

तर यी विभिन्न अस्पतालमा गरि एक दशक नर्स भएर काम गर्दा आफूले कहिल्यै यो पाँच महिनामा पाएको जस्तो खुसी महशुस नगरेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘स्टाफ नर्स सुब्बासरहको पद हो तर अहिले पनि नेपालमा ८, १० हजार दिएर नर्सहरुलाई निजि अस्पतालहरुले श्रम शोषण गरिरहेका छन् । ‘यो महंगीमा यति पैसाले एकजनाको पेट पालिदैन अनि कसरी नर्सहरुले गुजारा चलाउँछन् ?’ ‘पढ्न भने लाखौं खर्च हुन्छ’ । जब की जन मजदुरी एउटा मजदुरले पनि रोजीको पाँच सयभन्दा धेरै कमाउँछ ।’ अनि नर्सको चाँही श्रमको मुल्यांकन खोई ? ‘त्यसमाथि विदा वा आराम भन्ने त कुरै छैन, आवस्यक परेर छुट्टी माग्नु पर्यो भनेपनि काम चोर भन्छन्’ । न अस्पताल प्रशासनले सम्मान गर्छ न समाजले’, उनी अगाडि भन्छिन्, ‘उल्टै विनाकारण नर्सहरुलाई नै कुटपिट र गालीगलौच गर्न पछि हट्दैनन् । जबकी गल्ती हाम्रो हुँदैन र पनि’ । ‘दिनरात नभनी विरामीको ज्यान बचाउँन हामी खट्छौं । तर न समाजले, न सरकारले न निजि अस्पतालले कसैले पनि नर्सहरुका लागि सोचेको छैन’,

उनी भन्छिन्, ‘खुलेआम अति न्यून पारिश्रमिकमा खटाएर श्रमशोषण भइरहेको छ, यो कुरा सरकारलाई पनि थाहा छ, स्वास्थ मन्त्रालय, सचिवहरु सबैलाई थाहा छ । तर, नर्सहरुको लागि सोचिदिने  बोलीदिने कोही छैन ।’ उचित पारिश्रमिककै लागि नर्सहरुले कयौं पटक आन्दोलन गर्नु परेको उनको गुनासो छ ।  स्वेता भन्छिन्, ‘प्रत्येक वर्ष नर्सिंग दिवस मनाउँदा देशको राष्ट्रपतिदेखि, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री सबैले नर्सको गुनगान गाउँछन् । नर्सहरुले स्वास्थ्यको क्षेत्रमा अतुलनीय सेवा पुर्याएको भन्दै प्रशंसा गर्छन् । तर, यो प्रशंसा पनि त्यहि एकदिनका लागि मात्रै हुन्छ । नर्सहरु अहिलेको यो महंगाईमा कसरी गुजारा चलाइरहेका छन् त्यसकालागि कसैले एक शब्द पनि खर्च गर्दैन ।’ नेपालमा नर्सहरुले कस्तो मानसिकता, कस्तो अपहेलित, शोषित भएर काम गर्नु परेको छ, स्वेताका यी भनाईहरुबाट अनुमान लगाउन सकिन्छ । उनी त एक प्रतिनिधिपात्र मात्र हुन् ।

रोजगारी र देशको सेवा गर्ने उद्येश्यले लाखौं खर्च गरेर पढेका प्राय सबै नर्सहरुको हालत यस्तै छ, जो निजि अस्पतालमा काम गर्छन् ।

यहि परिस्थितिको उपज हो आज हरकोही नर्सिंग पढेका, पेशामा राम्रो दख्खल भएकाहरु विदेश पलायन भइरहेका छन् । सरकारले नै ठूलो संख्यामा नेपाली नर्सहरुलाई युके पठाउन लागेको छ ।

पहिलो चरणमा १० हजार नेपाली नर्स युके पठाउने तयारी सरकारको छ । यस्तै अष्ट्रेलिया, अमेरिका, क्यानडा, दुवईलगायतका विभिन्न मुलुकहरु पनि नर्सहरुका लागि आकर्षित गन्तब्य हुन् । जबकी स्वेता जस्तै प्राय सबैकोे सपना हुन्छ आफ्नो देशको सेवा गर्ने ।

आफ्नो माटोमा आफन्तहरुसंगै बसेर आफ्नै दाजुभाइ, दिदीबहिनीको सेवा गर्ने । बस त्यसका लागि उचित पारिश्रमिक र कामको सम्मानको ब्यवस्था गरिदिए पुग्ने स्वेता बताउँछिन् ।

निजीमा काम गर्ने नर्सहरुको पनि संचयकोष, इन्सुरेन्सलाई अलि ब्यवस्थित र प्रभावकारी बनाइदिए, सम्मानजनक ब्यवहार गरिदिए, अधिकाँशले नेपालमै रमाएर काम गर्ने स्वेताको विश्वास छ ।

यस्तै नर्सहरुको पेशाको सुरक्षासंगै सरकारी अस्पतालहरुको पनि स्तर धेरै नै सुधार गर्नुपर्ने उनी बताउँछिन् । कोशी कोभिड अस्पतालमा काम गर्दा विरामीहरुकालागि अस्पतालले गर्ने ब्यवहार र दिने सेवा सम्झिदा पनि मन खिन्न हुने उनी बताउँछिन् ।

‘सरकारले विपन्नका लागि स्वास्थ्य सेवा निःशुल्क भनेको छ । कतिपय औषधिहरु र उपचारहरुमा सहुलियत दिने भनेको छ ।

Advertisement
Advertisement

तर सरकारी अस्पतालहरु नजानुपरे हुन्थ्यो जस्ता छन्’, उनी भन्छिन् यहाँका(युके)का अस्पतालहरु, केयरहोमहरु स्टार होटल जस्ता छन्, नेपालमा नाक थुन्नु पर्ने, आँखा छोप्नु पर्ने खालका छन् । उनी थप्छिन्, न काम गर्नेलाई प्रोत्साहन छ न उपचार गराउँन आउने विरामीलाई नै सन्तुष्टि मिल्छ ।’ त्यसैले विरामी र स्वास्थकर्मीे विदेशिन बाध्य छन् ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top