क्यानको बजेट रु ४५ अर्ब १७ करोड, सात विमानस्थल नाफामा

काठमाडौँ, भदौ ४
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५÷७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ ।क्यानले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा रु पाँच अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट रु दुई अर्ब ३४ करोड सात लाख आम्दानी गर्ने योजना छ ।

क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ रु ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको रु २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र शेयर लगानीसमेत गरी रु २० अर्ब ८५ करोड रहेको छ । यसमध्ये रु सात अर्ब ५२ करोड ३१ लाख शेयर लगानीमा, रु ११ अर्ब ८२ करोड ६९ लाख ऋण र एक अर्ब ५० करोड अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ ।

सात विमानस्थल नाफामा

Advertisement

क्यानले सञ्चालन गरेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आवको सञ्चालन नाफा रु पाँच अर्ब ८१ करोड छ । योसहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन् । पोखराको रु तीन करोड ६५ लाख कमाएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन् । सबैभन्दा बढी जनकपुर रु एक करोड ८० लाख घाटामा गएको छ ।क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ । गत आवमा रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार २१२ खर्च भएको छ ।

Advertisement

गौतमबुद्ध विमानस्थलमा नौ अर्ब खर्च

क्यानको बजेट खर्चको हिसाबले आव २०७४/०७५ को असार मसान्तसम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा रु नौ अर्ब बढी खर्च भएको छ । जसमा रु आठ अर्ब ९५ करोड जग्गा अधिग्रहणमा खर्च भएको छ ।

डेढ अर्ब बढी राजश्व

क्यानले गत आवमा लाभांशबापत रु एक अर्ब ६३ करोड ५६ लाख सरकारलाई राजश्व तिरेको छ । ब्याज भुक्तानीमा रु २२ करोड ७६ लाख र सावा भुक्तानीमा रु ३० करोड ८३ लाख, आय करमा रु ५३ करोड र मूल्यअभिवृद्धि करमा रु ५४ करोड तिरेको छ ।

पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक सञ्जीव गौतमले त्रि.अ.विमानस्थलको स्तरोन्नति, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल तथा हवाई प्रविधि तथा गुणस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिइएको उल्लेख गरे ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top