बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाई लिने होईन ।
जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भने ।