१७ असार,विराटनगर । ताप्लेजुङबाट यात्रु लिएर झापा आउँदै गरेको बोलेरो जीप इलाममा दुर्घटनामा परेको छ। इलाम नगरपालिका वडा नम्बर १ को मिल गोलाई नजिक बोलेरो सडकबाट ५ सय मिटर तल खोलामा झरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार बोलेरोमा १२ जना सवार थिए। घाइते सबैको इलाम अस्पतालमा उपचार भइरहेको छ।घाइतेमध्ये ताप्लेजुङ फुङलिङकी ३० वर्षीय मिना खतिवडाको अवस्था चिन्ताजनक छ। उनलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ।ताप्लेजुङबाट झापा तर्फ यात्रु लिएर आँउदै गरेको मे १ ज ३३२९ नम्बरको जीप शुक्रबार इलाम नगरपालिका १ स्थित मिल गोलाईबाट ५ सय मिटर तलको पुवा खोलामा झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
ताप्लेजुङबाट झापा आइरहेको बोलेरो इलाममा दुर्घटना
१६ असार ७९, शुक्रबार
भर्खरको समाचार
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल
इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक
गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार
सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?
ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?
सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्
५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा
७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि
नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा
रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट