तत्कालको घटनाबाट प्रभावित भई कानुन संशोधनको प्रयास नगर्ने कानुनमन्त्रीको भनाई

१७ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी भएको बताए । कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिंक टयांक नै बनाएको भन्दै उनले त्यसकै आधारमा अघि बढ्ने बताए ।

‘नेपालको कानुन निर्माणको सबभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित हुन्छौं,’ उनले भने, ‘लिगल थिंक टयांक बनाएको छ, त्यसैको आधारमा सरकार अगाडि बढ्छ । नत्र भने त सबै संसदलाई छोडिदिए भइहाल्यो नि । किन सरकारले संसदमा विधेयक लिएर आउनु पर्‍यो ’

उनले महिला हिंसाका घटनाका पीडितलाई पीडकबाट असुल गरिएको जरिवाना सोझै उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सकिने बताए । हाल पीडकबाट असुल गरिएको रकम हिंसा पीडित कोषमा जम्मा भएर पीडितले पाउने कानुनी व्यवस्था रहेको भन्दै कानुनमन्त्री बन्दीले भने, ‘जुन केशमा जरिवाना गरिएको छ, त्यसलाई सोझै क्षतिपूर्तिमा कन्भर्ट पनि गर्न सकिन्छ ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top