एसिया कप छनोटका लागि अभ्यास गर्न नेपाली टोली श्रीलंकातर्फ

काठमाडौं, भदौ ४
मलेसियामा हुने एसिया कप क्रिकेटको छनोट प्रतियोगिताको अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । नेपाली टोली मालिन्डो एअरलाइन्सबाट दिउसो श्रीलंका प्रस्थान गरेको हो ।

१४ खेलाडीसहितको २० सदस्यीय नेपाली क्रिकेट टिमलाई सोमवार सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे । सीपीएल खेलिरहेका सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै मलेसिया प्रस्थान गर्ने नेपाल क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटीले जानकारी गराए ।

सभामुख महराले नेपाली क्रिकेटले पछिल्लो समय प्रगति गरिरहेको र ओडिआई म्याच समेत खेलेको भन्दै खेलाडी बधाई र छनोटमा राम्रो गर्न शुभकामना दिए । कप्तान पारस खड्काले एसिया कपमा छनोट हुने यो सुनौलो मौका रहेको बताउदै सबै टोली समान स्तरको रहेकाले चुनौती र अवसर दुवै रहेको बताए । यस्तै प्रशिक्षक जगत टमाटाले श्रीलंकाको राम्रै क्लबसँग अभ्यास खेल खेल्ने र त्यसले पनि सहयोग पुग्ने बताए ।

Advertisement

श्रीलंकामा १० दिनको अबधिमा नेपालले स्थानिय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली अगष्ट २७ मा मलेसिया जानेछ । एसियाका ६ एसोसिएट राष्ट्र सहभागि छनोटबाट विजेता टिम सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top