एजेन्सी, भदौ ४
समूह चरणको अन्तिम खेलमा कतारलाई पराजित गर्दै बंगलादेश १८ औं एसियाली खेलकुदमा पुरुष फुटबलको नकआउट चरण प्रवेश गरेको छ । समूहको पहिलो खेलमा उजबेकिस्तानसँग ३–० ले पराजित बंगलादेशले दोस्रो खेलमा थाईल्याण्डलाई १–१ को बराबरीमा रोकेको थियो ।
आइतबार पकन्सरी रंगशाला सम्पन्न समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा कतारविरुद्ध १–० को जित निकाल्दै बंगलादेश अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । खेलको इन्जुरीसमयमा जमल भुइयानले निर्णायक गोल गर्दै बंगलादेशलाई अर्को चरणमा पुर्याउन मद्दत गरे। कतार भने समूहको पुछारमा रहँदै बाहिरिएको छ ।