साउनभित्र प्रहरी समायोजन गनै ६ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको माग

२३ असार ७९, बिहीबार
Share this
716shares

२३ असार, जनकपुरधाम ।

Advertisement

६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी समायोजन गर्न संघीय सरकारलाई एक महिनाको अल्टिमेटम दिएका छन् ।जनकपुरधाममा भएको मन्त्रीहरुको भेलाले ७ बुँदे घोषणा पत्र जारी गर्दै साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन् । प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न उनीहरुले भनेका हुन् ।प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मातहत ल्याउनु पर्नेमा जोड दिँदै उनीहरुले संघीय सरकारलाई यसतर्फ अग्रसर हुन आग्रह गरेका छन् ।प्रदेशभित्रका सबै सरकारी वकिल कार्यालयला२ प्रदेशको मुख्य न्यायाधिवक्ता मातहत ल्याई अभियोजन सम्बन्धी अधिकार मुख्य न्यायाधिवक्तालाई हस्तान्तरण गर्नु पर्नेमा पनि प्रदेशका आन्तरिक मामिला मन्त्रीको माग छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top