नोट, चेकवुक र पासपोर्ट नेपालमै छाप्ने सरकारको तयारी

काठमाडौँ,भदौ ४
सरकारले आगामी ३ वर्षभित्र स्वदेशमै राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ । कागजी नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्न सेक्युरिटी प्रेस राख्ने तयारी गरेको हो ।

आगामी ३ वर्षभित्र नोट, चेकवुकलगायत अन्य महत्वपुर्ण कागजात छाप्नका लागि नेपालमै सेक्युरिटी प्रेस सञ्चालन गरिने सुचना तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले बताए । व्यवस्थापिका संसदको विकास समितिको सोमबारको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

हाल बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षण सम्बन्धित सम्पुर्ण छपाई विदेशमा हुने गरेको छ । सुरक्षण छपाइमा मात्रै वर्षेनी अर्बौरुपैयाँ विदेशिने भन्दै लगानी बोर्डले नेपालमा सुरक्षण छापाखाना स्थापना गर्न लागेको थियो ।

Advertisement

सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहेपनि बैंक नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुनपरेको छ । सरकारले मुद्रण विभागबाट छपाइको तयारी गरेपनि पछि सुरक्षाको कारण देखाउदै विदेशमा छपाइ हुदै आएको छ । राष्ट्र बैंकले चीन, भारत, इण्डोनेशियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ ।

नोटलगायत अन्य सेक्युरिटी प्रिन्टिङका लागि मात्र वर्षेनी अर्बौ रुपैयाँ बाहिरिने गरेको छ । महत्वपुर्ण कागजात विदेशमा छापिने गरेको छ । वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी रकम बैंक नोट छाप्नमा विदेशिने गरेको छ । यस्तै एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजीजमा छापेको छ ।

Advertisement

दुई वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले नोट, चेकवुक लगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा वर्तमान अर्थमन्त्री डा। युवराज खतिवडाको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनलाई स्वीकार गरी कार्यन्वयनका लागि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको थियो ।

यसअघि स्वीट्जरल्याण्डको केबीए नोटासे एसएले सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाइको काम थाल्नका लागि यस्तो तयारी गरेको हो । केबीएले लगानी बोर्डमा सुरक्षण छपाई प्लाण्ट राख्ने प्रस्ताव पेश गरेको थियो । बोर्डको २२ अर्ब बैठकले नेपालमै सुरक्षण छापाखाना स्थापना, विकास र सञ्चालनका लागि लगानी प्रारुप तयार गरी शिफारिश गर्न आयोगका तत्कालिन उपाध्यक्ष खतिवडाको संयोजकत्वमा तत्कालिन मुख्यसचिव डा. सोमलाल सुवेदी र तत्कालिन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)राधेश पन्त सदस्य रहेको एक कार्यदल गठन गरेको थियो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top